गठबन्धनको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित
काठमाडौँ । आठ दलीय गठबन्धनको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि गठबन्धनले काठमाडौंमा आयोजना गरेको संघ र प्रदेशको संयुक्त अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको हो ।
निर्वाचनका लागि मौन अवधि सुरु हुने भएकाले फागुन २४ गते काठमाडौंमा गर्ने भनिएको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको हो । नेपाली कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित गरिएको हो ।
कांग्रेसका मुख्य सचिव पौडेलले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुका लागि तय गरिएको प्रशिक्षण स्थगित गरिएको जानकारी दिए । आयोगले फागुन १७ गतेदेखि ५ चैतसम्म आचारसंहिता लागु हुने जनाएको छ ।