बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ नयाँ दलीय गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको ८ दलीय नयाँ गठबन्धनको बैठक जारी रहेको हो ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न बनेको ८ दलीय गठबन्धनको बैठक जारी रहेको हो । जारी बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारी लगायतका विषयमा छलफल जारी रहेको बताइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको उपस्थिति रहेको छ ।
राष्ट्रपतिमा ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।