एसडी मुनीले सुझाव दिए नेपालकाे राष्ट्रपतिका लागि चार जनाको नाम
काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एवं राजनीतिक विश्लेषक सुखदेव (एसडी) मुनीले नेपालकाे नयाँ राष्ट्रपतिका लागि चार जनाको नाम सुझाव दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनीले राष्ट्रपतिकाे उम्मेदवारका लागि राष्ट्रिय सहमति खाेजिनुपर्ने विषय जायज रहेकाे बताउँदै उनले देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालामध्ये एक जनालाई रास्ट्रपति बनाउँदा उचित हुने धारणा राखेका छन् ।
नेपालका आन्तरिक मामलाहरुमा समय-समयमा टिप्पणी गरिराख्ने भारतीय बुद्धिजीवी एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उनले समर्थन पनि जनाएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको माग जायज छ । देवेन्द्रराज पाण्डे, लाेकराज बराल, दमन ढुंगाना, अनुराधा कोइराला जस्ता इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू योग्य छन् ।’
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023
यो पनि पढ्नुहोस्
एसडी मुनी भन्छन् – देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिने विचार गर्न सक्छन्