राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । आज सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुने भएको हो ।
हिजो आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको हिजो बसेको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।
यद्यपि हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस्
रास्वपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
१२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको रविको खुलासा
सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने