परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलंका जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्का जाँदै छिन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौडेल आज राजधानी कोलम्बो जाने भएकी हुन् ।
श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । पौड्याल माघ २२ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए ।