\
मुख्य समाचारराजनीति

प्रधानमन्त्री प्रचण्डसँग बागमती मुख्यमन्त्री जमकट्टेलको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जमकट्टेललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन् । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उहाँ सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply