\
गण्डकी प्रदेशराजनीतिहेडलाइन

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीले २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन गरेका छन् ।

मुख्यमन्त्री अधिकारीको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । अधिकारी कास्की प्रतितिसभा १ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखसमेत रहेका छन् ।

 खगराज अधिकारी

Leave a Reply