सुरक्षा निकायका पदाधिकारीले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने
काठमाडौँ । सरकारले सुरक्षा निकायका पदाधिकारीहरुले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने बताएको छ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई दलका नेता र राजदूतलाई आफूखुसी भेट्न रोक लगाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज बिहीबार जारी गरिएको विज्ञप्तिमा सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्न नपाउने तर विशेष कारणले भेट्नै परे विभागीय पूर्वस्वीकृति लिनुपर्ने निर्देशन दिइएको छ ।
आफ्नो कामको सिससिलाबाहिर गएर भेट्दा पनि अब सुरक्षा निकायका अधिकारीहरुले अनिवार्य विभागीय स्वीकृति लिनुपर्ने नियम लागू भएको छ । सरकारको निर्देशनविपरीत पूर्वस्वीकृति नलिइ यसरी कूटनीतिक नियकाका अधिकारी र दलका नेताहरुलाई भेटेमा कारबाही हुने चेतावनी दिएको हो ।
गृह मन्त्रालय मातहतमा अहिले रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । यसअघि सरूवा बढुवादेखि संवैधानिक निकायमा नियुक्तिका लागि सुरक्षा अधिकारीहरु दलका नेताका घरदैलोमै धाउने चलन रहेको थियो । गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएसँगै सुरक्षा पदाधिकारीहरुले आफूखुसी भेटघाट गर्न नपाउने नियम ल्याएका हुन् ।
यस्तो छ हेर्नुस् गृह मन्त्रालयले निकालेको विज्ञप्ति