\
मुख्य समाचारराजनीति

जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भएका हुन् ।

बारा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् । यद्यपि संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादवले दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा सहमति खोजिएको हो ।

अन्तिम समयमा राईले आफ्नो दाबी फिर्ता लिएका थिए । जसपाका प्रतिनिधिसभामा १२ जना सांसद रहेका छन् ।

Leave a Reply