\
मुख्य समाचारराजनीति

नयाँ सरकार गठनको चावी अव एमालेको हातमा

काठमाडौँ । सत्ता गठबन्धनमा सहमति नभएपछि नयाँ सरकार गठनको चावी अव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को हातमा आइपुगेको छ । गठबन्धनमा सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरु बालकोटमा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले सत्ता समीकरण मिलाउने राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको हो । माओवादीका अध्यक्ष प्रचण्डलाई पहिलो चरणको लागि प्रधानमन्त्री छोड्न देउवा तयार नभएपछि नेपाली राजनीतिमा सत्ता समीकरणको पासा पल्टिएको हो ।

Leave a Reply