गठबन्धनमा सहमति नभएपछि एमालेले थाल्यो सरकार गठनको पहल
काठमाडौँ । सत्ता गठबन्धनमा सहमति नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ सरकार गठनको पहल सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु पुगेका छन् ।