\
राजनीतिहेडलाइन

संसदीय दलमा सहमति खोज्न शेखर-गगन समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रसको संसदीय दलमा सहमति खोज्न संस्थापनइतर डा. शेखर कोइराला र महामन्त्रीगगन थापा समूहको बैठक जारी रहेको छ । राजधानीको लाजिम्पाटस्थित होटल एम्बासडरमा संसदीय दलमा सहमति जुटाउन शेखर-गगन समूहको बैठक जारी रहेको हो ।

पर्सि बुधबार हुने कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता कोइराला र थापा समूहको निर्णायक बैठक जारी रहेको हो ।

नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा संसदीय दलको नेतामा को उठ्ने भन्ने विवाद सिर्जना भएको हो । थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू संसदीय दलको नेता बन्न गृहकार्य थालेका थिए भने चुनावको अन्तिम समयमा आएर कोइरालाले समेत दल नेतामा लड्ने चाहना देखाएपछि दुई नेताहरु बीचमा टक्करको स्थिति सिर्जना भएको हो ।

आज सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि छलफल गरेका थिए । बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार बिहान उम्मेदवारी मनोयन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply