रामचन्द्र पौडेललाई जापानले आज सम्मान गर्दै
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।
तर कोरोना महामारीका कारण सम्मान कार्यक्रम स्थगित गरिएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई आज उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको हो ।
पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।
नेता पौडेलले हिजो बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आज हुने उक्त सम्मान कार्यक्रमको निम्तो दिएका थिए ।