यी हुन् जसपा नेपालका ५ समानुपातिक सांसदहरु (सूचीसहित)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । जसपा नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको हो ।
पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।
यी हुन् जसपाका प्रतिनिधिसभा समानुपातिक सांसदहरु
१. प्रकाश अधिकारी
२. सुशीला श्रेष्ठ
३. रेखा यादव
४. रञ्जु ठाकुर
५. सहनाज रहमान