कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दावी
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज बिहीवार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले निर्वाचनबाट सन्तोषजनक नतिजा आएको भन्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।
उनले संसदीय दलमा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताएपनि आफ्नो पक्षबाट संसदीय दलको नेता को बन्ने भन्ने खुलाएनन् ।
कोइरालाको टिमबाट महामन्त्री समेत रहेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।
यद्यपि उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको तर भेटेर यस बारेमा छलफल नभएको पनि बताए ।