पूर्वसहमति नलिइ मतदान स्थगित नगर्नू, देशभर ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको हो ।
निर्वाचन आयोगले आज दिउसो संक्षिप्त पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न देशभरका सम्पूर्ण मतदान केन्द्रका प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएका हुन् ।
आयोगले मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना जारी गरेको छ । आयोगले अहिलेसम्म देशभर छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा संचालन भइरहेको पनि बताएको छ । उनले केही स्थानमा केहीबेर मतदान स्थगित भएको बताए ।
यस्तै आयोगले अहिलेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत जारी मतदानमा हालसम्म ३२ प्रतिशत मत खसको प्रवक्ता शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दिउँसो १२:४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको हो ।