प्रधानमन्त्रीको लागि ‘लाइभ डिबेट’ गर्न सञ्चार जगतलाई ओलीको अनुरोध
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमलाई लाइभ डिबेट सञ्चालन गर्न अनुरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक पेजमा केही समयअघि लेख्दै अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीको लागि लाइभ डिबेट सञ्चालन गर्न सञ्चार माध्यम र सम्पादकहरुलाई लगायत समग्र सञ्चार जगतको ध्यानाकर्षण गराएका हुन् ।
उनले आफूले हिजो एजेण्डा आधारित बहसका लागि नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेका थिए । यस विषयलाई आमसञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेकोमा उनले खुसी प्रकट गरेका छन् ।
उनले विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका थिए ।
हिजो उनले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्ने धेरैजसो नेपालीले आफू र काँग्रेस सभापति देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिएको बताएका थिए । उनले आफू त यसका लागि तयार रहेको तर देउवाजी नि ? के हो भनेर प्रश्न समेत गरेका थिए ।
उनले हिजो निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको पनि स्मरण गराएका थिए । अमेरिकी राष्ट्रपतिमा चुनिन पहिला आफ्नै पार्टीका उम्मेदवारबीच र पछि दुई विपक्षी पार्टीका प्रत्यासीबीच डिबेट हुने गर्छ ।