आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका अनुसार आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगले दाबी विरोधपछि आज बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन ।
प्रतिनिधिसभातर्फ कुल २४१२ जनामध्ये २१८७ पुरुष र २२५ महिला रहेका छन् भने प्रदेशसभातर्फ कुल ३२२४ जनामध्ये २९४३ पुरुष, २८० महिला र एक अन्य गरी ३४७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको थियो ।
आयोगका अनुसार प्रतिनिधिसभामा कूल २५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २४१२ पुगेको छ । त्यस्तै प्रदेशसभामा ३४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २९९३ पुगेको छ ।
यस्तो छ प्रतिनिधिसभाका उम्मेदवारको अन्तिम नामावली विवरण
यस्तो छ प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली विवरण