गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो : रवीन्द्र मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले गरेरै छोड्ने र परिवर्तन हेरेरै मर्ने बताएका छन् ।
भोलि बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेका मिश्रले सामाजिक संजाल फेसबुकमा आज दिउँसो लेख्दै यस्तो बताएका हुन् ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र वरिष्ठ उपाध्यक्ष बनेर भोलि राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र समूहबीच भोलि एकीकरण हुने भएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक संजाल ट्वीटरमा लेख्दै राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच भोलि बुधबार दिउँसो १ बजे एकता घोषणा जानकारी दिएका छन् ।
मिश्रले यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई आफूमात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखिएकोले त्यसो नभई वैचारिक ध्रुविकरणमा इच्छुक सबै सहभागी हुन सक्ने उनले स्पष्ट पनि पारेका छन् ।
उनले केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू भएपछि तहगत मिलानका लागि एउटा समिति पनि बन्ने उनले बताए । उनले बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहनेहरूलाई राप्रपा प्रवेशको लागि आह्वान समेत गरेका छन् ।
यो पनि पढ्नुहोस्
वरिष्ठ उपाध्यक्षको रुपमा रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्दै
रवीन्द्र मिश्रले दिए विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा