\
मुख्य समाचारराजनीति

प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिँदै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिँदै छ । महाअभियोग सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।

संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको उक्त समितिको भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि आज बोलाउने निर्णय गरेको थियो । उक्त यसअघि समितिले आन्तरिक कार्यविधि र कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।

उक्त समितिले भदौ १० गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र समितिमा आइपुग्ने गरी जबराविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेकोले नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

Leave a Reply