प्रतिनिधि सभाको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गरेका हुन् ।
यस्तै आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । यस्तै नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराइएको छ ।