\
राजनीति

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक जारी रहेको छ । एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा जारी रहेको हो ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । जारी पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।

एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि बस्दै छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । भदौं १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

आगामी मंसिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन एमालेले भदौ ७ गतेदेखि १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

Leave a Reply