कानुनमन्त्रीद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा (कोइराला) ले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
२०७९ साल असार ३१ गते दर्ता भएको उक्त विधेयक आज संसदमा टेबुल भएको हो । यसरी लामो समयपछि कानुनमन्त्री बन्दीद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा प्रस्तुत भएको हो ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई समेत निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकार गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही भाद्र १३ गते बिहान ११ बजेका लागि डाकिएको छ ।