\
मुख्य समाचारराजनीति

नेता गिरीको शव श्रद्धाञ्जलीका लागि राखिने, अन्त्येष्टि आजै गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शव श्रद्धाञ्जलीका लागि राखिने भएको छ । कांग्रेस सचेतक मीन विश्वकर्माका अनुसार उनको शवलाई मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।

यस्तै विहान ११:३० बजेदेखि २ बजेसम्म उनको शव कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । तत् पश्चात उनको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने पनि सचेतक विश्वकर्माले जानकारी दिएका छन् ।

नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा असामयिक निधन भएको थियो । घाँटीको क्यान्सरबाट पीडित गिरीको उक्त अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

शोक विज्ञप्ति

Leave a Reply