\
राजनीतिहेडलाइन

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको हो ।

जारी बैठकमा गठबन्धनमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेट्ने लगायतका विषयमा छलफल भई रहेको बताइएको छ ।

सत्ता गठबन्धनबीच तालमेलको सहमति भएर कार्यदल बनेपछि भागबण्डामा छलफल जारी रहेको छ । सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको हिजो बसेको बैठक निष्कर्षविहीन भएको थियो ।

हिजोको बैठकमा प्रयाप्त गृहकार्य नपुगेको भन्दै खाका प्रस्तुत नगरी हिजोको बैठक सकिएको हो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गरी खाका प्रस्तुत गर्ने सहमति भएपनि शीर्षस्थ नेताहरुसँग छलफल हुन नसकेपछि खाका ल्याउन हिजो सकिएन् ।

संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेपछि अव शनिबार बस्ने बैठकमा खाका प्रस्तुत गरिने भएको छ । शनिबारको बैठकअघि संयोजक सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

Leave a Reply