काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल ट्वीटरमार्फत खड्काले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
खड्कामा शनिबार २१ गतेदेखि सामान्य ज्वरो र खोकी सुरु भएपछि हिजो आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिएका हुन् ।
उनले गत श्रावण २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेका सबैमा स्वास्थ्य मापदण्ड पालना सहित सतर्कताकाे लागि अनुराेध समेत गरेका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
https://twitter.com/NCPurnaKhadka/status/1556302414420258816