\
मुख्य समाचारराजनीति

राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुस र डेनमार्कमा राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा; श्री मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा; प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

संसद कार्यसूची

Leave a Reply