गाई चुनाव चिन्ह माग्दै कमल थापा पुगे सर्वोच्च अदालत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिन्ह गाई माग्दै सर्वोच्च अदालत पुगेका छन् । राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले दिएको जानकारी अनुसार थापाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटको सुनुवाइ भोलि शुक्रबार हुने प्रवक्ता बर्तौलाले जानकारी दिए । यसअघि निर्वाचन आयोगले गाई चुनाव चिन्ह नदिएपछि राप्रपा नेपाल सर्वोच्च अदालतमा रिट दायर गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
रिट आज विहिबार दर्ता भएको छ भने शुक्रबार सुनुवाई हुने भएको छ । आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तिर’ दिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।