\
मुख्य समाचारराजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेस गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसदमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने देउवा सरकारको तयारी रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक  पेस गर्ने उल्लेख गरिएको छ ।

आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।

 

Leave a Reply