पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि माओवादी बैठक एक घण्टा स्थगित
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को जारी बैठक स्थगित भएको छ । पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि माओवादीको बैठक १ घण्टाका लागि स्थगित गरिएको हो ।
१२५ सदस्यीय पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगित भएको हो । बैठक एक घण्टाका लागि स्थगित गरेर शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।
पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगित गरिएको हो ।
तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् । यद्यपि प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए ।