\
राजनीतिहेडलाइन

एसपिपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई पठाइयोस् : देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन माग गरेका छन् ।

आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले एसपीपी सम्झौता रद्दबारे परराष्ट्र मन्त्रालयबाट हालसम्म पत्रचार नभएको भन्दै आपत्ति जनाएका छन् ।

गुरुङले एसपिपीमा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्ने माग गरेका हुन् । उक्त पत्र गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पुगेतापनि अझै सरकारले उक्त पत्र अमेरिकालाई पठाइएको छैन ।

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रश्न उठाएका छन् ।

उनले एमसीसीबारे १२ बुँदै घोषणापत्र स्वीकार गरेको अवस्थामा पारित हुने स्वीकार नभएमा कार्यान्वयन प्रक्रिया नै रोकिने बताए । अमेरिकाले एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा पनि सरकारले पत्रचार गर्नुपर्ने उनको माग छ ।

Leave a Reply