\
मुख्य समाचारराजनीति

प्रतिनिधिसभाको बैठक सुरु, विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिंदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भारको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिंदै छ ।

संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन, २०७९ पेस गर्ने रहेको छ ।

दैनिक कार्यसूचीको दोस्रो नम्वरमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९ दफावार छलफलका लागि पेस गर्ने रहेको छ ।

दैनिक कार्यसूचीको तेस्रो नम्वरमा आर्थिक विधेयक, २०७९ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ भने चौथो कार्यसूचीमा आर्थिक विधेयक २०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने रहेको छ ।

यस्तै अन्य कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफाबार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ हेर्नुहोस् आजको दैनिक कार्यसूची

दैनिक कार्यसूची

Leave a Reply