\
बागमती प्रदेशमुख्य समाचारराजनीति

दोलखाको तामाकोसीको अध्यक्षमा समाजवादीका उम्मेदवार विजयी

चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ । तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् ।

उनले पाँच हजार ४९० मत प्राप्त हरेक छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले तीन हजार ४६६ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका सृजना सुवेदी निर्वाचित भएकी छन् । सुवेदीले पाँच हजार ४४१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत प्राप्त गरेकी छन् ।

Leave a Reply