\
मुख्य समाचारराजनीति

विनियोजन विधेयकमाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज जारी रहेको छ । आज बुधबार दिउसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक जारी रहेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा शुरु भएको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्वन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल हुने कार्यक्रम रहेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशनका लागि छलफल गर्न प्रतिनिधिसभाको बैठक हिजोदेखि शुरु भएको हो । प्रतिनिधिसभाको हिजोको बैठकमा विभिन्न ८ वटा अध्यादेशहरु पेश भएका छन् ।

 

प्रतिनिधिसभाको बैठक

Leave a Reply