\
कोशी प्रदेशमुख्य समाचारराजनीति

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाको फराकिलो अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् ।

विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले १०३६३, नेकपा (एमाले) का सागर थापाले ७८८२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले ३३६१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले ८९९३ मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ५६१८, राप्रपाका विन्दाकुमारी लुइँटेल २५७५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १९४१ मत प्राप्त गरेकी छन् ।

Leave a Reply