काठमाडौँमा बालेन लगभग दोब्बर मतले अगाडि, केशवलाई पछ्याउँदै सिर्जना
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह १९९१ मतान्तरसहित लगभग दोब्बर मतले अगाडि रहेका छन् ।
स्वतन्त्र उम्मेदवार साहले ४१४८ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले २१४८ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १९३४ मत प्राप्त गर्दै एमालेका स्थापितलाई पछ्याउँदै छिन् ।
कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ । महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो ।
३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।