\
बागमती प्रदेशमुख्य समाचारराजनीति

काठमाडौं महानगरमा केशव भन्दा बालेनको अग्रता हजार भन्दा बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता नेकपा एमालेका केशव स्थापित भन्दा ११७४ बढी मत रहेको छ ।

बालेनले अग्रता बढाउँदै २६०१ मत प्राप्त गर्दा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् भने यसगरी तेस्रोमा गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सिर्जना सिंहले १३५९ प्राप्त गरेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले १६५ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् ।

तर काठमाडौं महानगरको उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । एमालेकी सुनिता डंगोलले २००० हजार मत ल्याएकी छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजेश्वर श्रेष्ठ ५८० मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत ल्याएकी छिन् भने विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको थियो । काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो ।

Leave a Reply