\
बागमती प्रदेशराजनीतिहेडलाइन

काठमाडौंमा बालेनको अग्रता कायमै, केशवले उछिने सिर्जनालाई

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले अग्रता कायम राखेका हुन् ।

बालेनले अग्रता बढाउँदै २१६ मत प्राप्त गर्दा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १७९ मत प्राप्त गरेका छन् भने यसगरी तेस्रोमा गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सिर्जना सिंहले १४१ प्राप्त गरेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले १६ मत ल्याएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको थियो । काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Leave a Reply