\
मुख्य समाचारराजनीति

आईजीपी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज भएको सुनुवाइ भोलि बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको थियो । आजको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन दिएपछि सुनुवाइ भोलिसम्म हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त आज मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलि वैशाख २२ गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Leave a Reply