\
राजनीतिहेडलाइन

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना नेताले दिए सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै तनहुँका पौडेल निकट ७ जना कांग्रेस नेताले सामूहिक राजीनामा दिएका हुन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँका पूर्वजिल्ला सचिव तथा हाल संगठन विभाग प्रमुख विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महतलगायतले राजिनामा दिएका हुन् ।

उनीहरुले टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै राजिनामा दिएका हुन् ।

Leave a Reply