सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने भएको हो ।
आज बस्न लागेको गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने भएको छ । उक्त बैठकले दिएको सुझावका आधारमा शीर्ष नेताहरुको बैठकले निर्णय बालुवाटार स्रोतले बताएको छ ।
गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजै दिउँसो ३ बजे बैठक बस्ने भएको हो । शीर्ष नेताको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।