एमालेले आज महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो आज लगाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा वैशाख ८ गते बिहीबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले महानगर र उपमहानगको उम्मेदवारको टुंगो आज लगाउने निर्णय गरेको थियो ।
एमालेले देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरको टुंगो आज लगाउने भएको हो । बिहीबार एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने जानकारी दिएका थिए ।
महानगर र उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा १/१ जना उम्मेदवार सिफारिस भएपनि अन्य तीन महानगरमा मेयर पदका धेरै उम्मेदवार आकांक्षी भएको समेत बताए ।