\
राजनीतिहेडलाइन

सत्ता गठबन्धनको बैठक : चुनावमा महानगरको केन्द्रले, अन्य तल्लो तहले निर्णय गर्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आशन्न स्थानीय तहको निर्वाचनको सम्वन्धमा विभिन्न निर्णय गरेको छ ।

सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा महानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ भने बाँकी उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तल्ला तहबाटै संयन्त्र बनाएर उम्मेदवार टुंगो लगाउने गरी तालमेलको निर्णय गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय गरेका हुन् । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनमा एकतावद्ध भएर मिलेर जाने निर्णय गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

Leave a Reply