\
राजनीतिहेडलाइन

मेरो पालामा अघि बढाइएका विकासे आयोजना कटौती भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको टिप्पणी गरे । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गरेको र अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती गरेको आरोप लगाए ।

Leave a Reply