बिमस्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता
काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।
सङ्गठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा मंगलबार अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् ।
मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।