सानेपामा कांग्रेसको केन्द्रीय समितिको बैठक जारी
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे मुख्य गरी ३ वटा एजेण्डामा छलफल हुने बुझिएको छ ।
आज जारी बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेल लगायतमा बैठकमा छलफल हुनेछ । बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् ।
साथै ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ । ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ ।
यसका साथै आज काँग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक शुरु हुनुअघि नेविसंघ र तरुण दलको अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउदै सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी भएको छ ।