वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा को-को सहभागी भए ?
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला जारी छ । उक्त भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएको एक नेताले जानकारी दिए ।
पौडेलले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि बैठक बोलाएको एक नेताले जानकारी दिए ।
बैठकमा शशांक कोइराला भने उपस्थित भएका छन् ।