विमस्टेक बैठकमा सहभागी हुन प्रतिनिधिमण्डल बनाउने निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले विमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलनमा भाग लिने प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले विमस्टेक बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा समिति बनाउने निर्णय भएको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठक श्रीलंकाको कोलम्बोमा २०७८ चैत १६ बाट आायोजना हुनेछ । त्यस्तैगरी आर्थिक वर्ष २०७९/८० को प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व वाँडफाँडको ढाँचा र हिस्सा एवम् वित्तिय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय भएको छ ।