\
राजनीतिहेडलाइन

स्थानीय निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग गठबन्धन नगर्ने भट्टराईको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने दाबी गरेका छन् ।

सचेतक भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने दावी गरे ।

एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्थामा पनि एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी रहेको उनले बताए ।

Leave a Reply