\
बागमती प्रदेशराजनीति

सभापतिद्वारा १६ जनालाई कार्यसमिति सदस्यमा मनोनीत

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाले १६ जनालाई सदस्य मनोनीत गरेको छ ।

सभापति बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम उनीहरूलाई सदस्य मनोनीत गरेका हुन् ।

उनले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङ, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल, गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्कालाई सदस्य मनोनीत गरिएको छ।

Leave a Reply